चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ अब डिशहोमको ‘सिनेमाघर’बाटै हेर्न पाइने भएको छ।
डिशहोमले भोलि शुक्रबार सिनेमाघर (च्यानल नं. ८८८) मा उक्त चलचित्र हेर्न पाइने व्यवस्था गरेको जानकारी दिएको हो।
रेनासा बान्तवा राईले निर्देशन गरेको यो चलचित्रमा राई स्वयं र प्रज्वल शमशेर जबरा राणाले कथा लेखेका हुन्। चलचित्रमा धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी राणा शाह, सरुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ र दिलभूषण पाठकले अभिनय गरेका छन्। यो चलचित्र हेर्न ३ सय २५ रुपैयाँ लाग्ने डिशहोमले जनाएको छ।
चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ ।
उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्नेछ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया