विश्वभर रंगभेदविरुद्ध आन्दोलन चर्किरहेको समयमा प्रियंकाले ‘फेयर एन्ड लभली’ को प्रचार गरेपछि प्रियंकाको यतिबेला चौतर्फी आलोचना भइरहेको हो।
प्रियंकाले अमेरिकी गायक निक जोनाससँग विवाह गरेका छन्। जोर्ज फ्लोएडको हत्याको विषयलाई लिएर हालै अमरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।
गत मे २५ मा जोर्जको प्रहरीको नियन्त्रणमै रहेका क्रममा मृत्यु भएपछि निक जोनास र प्रियंका दुवैले ‘ब्ल्याक लाइभ्स म्याटर’ को अभियानलाई समर्थन जनाएका थिए।
दुवैले अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्दै सामाजिक सन्जालमा पोस्टहरु गरेका थिए।
तर रंगभेदविरुद्ध आवाज उठाएकी प्रियंकाले यसबीचमै छाला गोरो बनाउने क्रिम ‘फेयर एन्ड लभली’को प्रचार गरेपछि उनलाई मानिसहरुले विरोध जनाएका हुन्। एजेन्सी
Here's your rac*st Pri @priyankachopra selling skin whitening creams in India. https://t.co/IEAvcALzXL pic.twitter.com/JCrE5uAeRR
— Ali Baloch ✌?✌?✌? (@maXes_MB) June 3, 2020

प्रतिक्रिया