कला


डोजरले आफ्नो कार्यालय भत्काइएपछि कंगनाले फेरि भनिन्ः मुम्बइ मेरा लागि पाकिस्तानको कस्मिरजस्तै

डोजरले आफ्नो कार्यालय भत्काइएपछि कंगनाले फेरि भनिन्ः मुम्बइ मेरा लागि पाकिस्तानको कस्मिरजस्तै

नेपालखबर
भदौ २४, २०७७ बुधबार ६:५१,

हाल कंगना र महाराष्ट्रको सत्ताधारी पार्टी सिवसेनाबीच ठूलो विवाच चर्किएको छ।

कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा बोल्दै मुम्बईका प्रहरीलाई आफूले विश्वास नगर्ने र मुम्बई आफ्नो लागि घृणाको शहर भएको बताएकी थिइन्।

त्यसयता शिवसेना पार्टीका सांसदले कंगनाको आलोचना गरिरहेका छन्। हालै मुम्बइमा रहेको कंगनाको कार्यालय अवैध रुपमा निर्माण गरिएको त्यहाँको ब्रिहनमुम्बई नगर निगमले बताएको थियो।

कंगनाको कार्यालयमा नगर निगमले सूचना टाँस्दै जवाफ नदिए भवन भत्काउने चेतावनी समेत दिएको थियो।

कंगनाले शिवसेनासँग विवाद भएपछि आफ्नो भवन भत्काउने खेल रचिएको आरोप लगाएकी थिइन्।

अन्ततः आज बुधबार कंगनाको भवन भत्काइएको हो। यसअघि पनि कंगनाले मुम्बईलाई पाकिस्तानको कस्मिरजस्तो भएको बताएकी थिइन्। हाल पनि उनले आफ्नो भवन भत्काएको विषयमा प्रतिक्रिया जनाउँदै मुम्बईमा लोकतन्त्र मरेको र मुम्बई पाकिस्तानको कस्मिरजस्तो भएको ट्वीटमा बताएकी छिन्।

कंगना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थक मानिन्छन्। शिवसेनाका सांसदहरुले कंगनालाई अबदेखि मुम्बईमा आउन दिन नहुने र उनलाई झापड हान्नेसम्मको चेतावनी दिएका थिए।

उनीहरुले कंगनाले मोदीको प्रदेशमा गएर यस्ता अभिव्यक्ति कहिल्यै दिन नसक्ने पनि बताएका थिए। चेतावनी बाबजुद बुधबार नै कंगना मुम्बई जाँदैछिन्। उनलाई कडा सुरक्षा प्रदान गरिने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad