युवा गायक दिलीप लामाले ‘आँखाले हेर्छु’ बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानलमा लामाको गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतको शब्द रोजिन राईले लेखेका हुन् भने देवेश राइको संगीत रहेको छ। वासावी इन्टरटेन्मेन्टले तयार पारेको गीतको भिडियोमा प्रयादिप, मलाइका, इशा, अनिल र सुरजको अभिनय हेर्न सकिन्छ।
गायक लामाले संगीत क्षेत्रका व्यक्तित्व र आम दर्शक श्रोताबाट गीतबारे राम्रो प्रतिक्रिया पाएको बताएका छन्।
पेशाले शिक्षक उनले वि.सं. २०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए।

प्रतिक्रिया