सिन्धुपाल्चोकको दोभान खोलामा हामफाली बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।
बाह्रबिसे नगरपालिका ३ की ५४ वर्षीया धनकुमारी मगरको शव सशस्त्र प्रहरी टोलीले फेला पारेको हो।
असोज २ गते खोलामा हामफाली बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लामोसाँघुबाट एपीएफ टोली त्यस ठाउँमा खटिएको थियो।
एपीएफ टोलीले उनको शव शनिबार घटनास्थल भन्दा करीव तीन सय मिटर तल फेला पारेको हो।
3
Shares

प्रतिक्रिया