कला


हरिवंश आचार्य भन्छन् : मदन दाइ र परिवारमा कोरोना नदेखिएपछि हलुका महशुस गरेको छु

हरिवंश आचार्य भन्छन् : मदन दाइ र परिवारमा कोरोना नदेखिएपछि हलुका महशुस गरेको छु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १३:४७,

कोरोना संक्रमण भई आइसोलेसनमा रहेका प्रख्यात कलाकार हरिवंश आचार्यले अर्का चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका सदस्यहरुमा कोरोना नदेखिएको जनाएका छन्।

‘म सँग धेरै नै नजिक संपर्कमा रहिरहने मदन दाई, घरमा छोराबुहारी सब्बैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महशुस भएको छ,’ उनले भनेका छन्, ‘म र श्रीमती घरमा केही पनि लक्षण बिना होम आइसोलेसनमै छौ। तपाईंहरुको अशिर्बादले मनोबल निक्कै उच्च छ।’

आफूले चाडै कोरोनालाई पराजित गर्ने बताउँदै उनले अरु सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

चर्चित कलाकार हरिवंश र उनकी श्रीमती रमिला आचार्यलाई मंगलबार कोरोना सक्रमण पुष्टि भएपछि आइसाेलेसनमा बसेका हुन्।

याे पनि: 
चर्चित कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad