समाज


विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १३:४८,

स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

उनका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad