कला


आमिर खानकी छोरी इरा खानको खुलासा : म १४ वर्षकी हुँदा आफन्तबाटै यौन शोषण (भिडिओ)

आमिर खानकी छोरी इरा खानको खुलासा : म १४ वर्षकी हुँदा आफन्तबाटै यौन शोषण (भिडिओ)

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ०:२६,

भारतीय अभिनेता आमिर खानकी छोरी इरा खानले सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्र्दै एउटा अचम्मको कुरा बताएकी छन्।

उनका अनुसार उनी १४ वर्षको हुँदा चिनजानकै एक आफन्तले उनको यौन शोषण गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार इरा खानले गत अक्टोबर १० तारिख विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनले आफू डिप्रेसनमा रहेको बताएकी थिइन्। त्यसपछि मानिसले उनलाई त्यसको कारण सोधिरहेका थिए।

उनले इन्स्टाग्राममा सेयर गरेको भिडिओमा भनेकी छन्, ‘जब म १४ वर्षकी थिएँ, तब मलाई यौन दुर्व्यवहार भइरहेकाे थियो। त्यो एउटा अनौठो अवस्था थियो। मलाई नै थाहा थिएन कि ममाथि के भइरहेको छ? जसले यस्तो गरिरहेको थियो, त्यो चिनजानकै मानिस थियो। मलाई थाहा भएन कि यो सब सही वा गलत? जब मलाई थाहा भयो, यो कार्य गलत हो भन्ने, तब मैले उसलाई आफ्नो जीवनबाट बाहिर निकालें।...कहिलेकाहीं म आफैंले आफूलाई सोध्थें– म किन यति धेरै बेवकूफ बनें र ममाथि यस्तो कार्य (यौन दुव्र्यवहार) हुन दिएँ। तर पनि यो घटनाले मलाई जीवनभर सताएन। यसरकाण म किन डिप्रेसनमा परें, थाहा छैन।’

सुन्नुहाेस्, इरा खानकाे याे भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad