समाज


काठमाडौँका यी ठाउँमा आज बिहान जाँदैछ ३ घण्टा विजुली

काठमाडौँका यी ठाउँमा आज बिहान जाँदैछ ३ घण्टा विजुली

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ०:५,

नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सव स्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदल्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ।

स्युचारटार सव स्टेशनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा अघि नै काम सकिए १० बजो अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad