समाज


जब बिहेको प्रलोभन दिँदै १३ र १४ वर्षिया दुई बालिकालाई बिक्रीका लागि भारत पुर्‍याइयो...

जब बिहेको प्रलोभन दिँदै १३ र १४ वर्षिया दुई बालिकालाई बिक्रीका लागि भारत पुर्‍याइयो...

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ०:४५,

१३ र १४ वर्षीया दुई बालिकालाई बिहे गर्ने प्रलोभनमा पारेर बिक्री गर्न भारत लगेको आरोपमा प्रहरीले सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकाका अभिभावकले संयुक्तरूपमा आइतबार दिएको निवेदनको आधारमा सलामसहित दुई जनाविरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरी फरार रहेका प्रहरी उपरीक्षक धमलाले बताए।

दशैंको मेला हेर्न राजविराज पुगेका दुई बालिकालाई सलामले ललाईफकाई कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए। बिहे गर्ने भन्दै सानिआमाको घरमा राखिएका दुई बालिकालाई कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर उनले भारत बिहारको करियौत पु¥याएका थिए।

दुई बालिकालाई युवकसँग देखेपछि करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपित फरार भएका थिए। त्सपछि स्थानीयले पीडित बालिकाका परिवारका सदस्यलाई सम्पर्क गरी उनीहरुलाई जिम्मा लगाएका हुन्।

पक्राउ परेका सलामलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलालले बताए। प्रहरीले अर्का आरोपीको खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad