प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन्।
ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष प्रचण्डलाई निरन्तरको बैठकबारे जिज्ञासासम्म राखेको दावी गरे। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
‘उहाँहरुका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ, भनेर मैले सोधेको थिएँ’, उनले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो।’

प्रतिक्रिया