चर्चित गायिका अञ्जु पन्तकी छोरीले आफ्नै आमाको गीतबाट अभिनय यात्रा थालेकी छन्।
गायिका पन्तले पहिलोपटक संगीत भरेकी ‘धेरै माया नदेऊ मलाई’ गीतमा आफ्नै छोरी परितोषिकालाई डेब्यु गराएकी हुन्।
सुरेश वाग्लेले रचेको यो गीत अञ्जुले नै गाएकी हुन्।
निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियो गायिका अञ्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’मा हेर्न सकिन्छ।
हेर्नुहाेस्, भिडियो

प्रतिक्रिया