छापा खबर


सातामा दुई दिन बिदा दिँदा सार्वजनिक सेवाप्रवाह कमजोर हुने

सातामा दुई दिन बिदा दिँदा सार्वजनिक सेवाप्रवाह कमजोर हुने

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ३:४२,

कोरोना महामारीले थला परेको मुलुकको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउन सरकारले कर्मचारीलाई सातामा दुई दिन बिदा दिएर आन्तरिक रूपमा घुम्न पठाउने गरी प्रस्ताव तयार पारेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले त्यसरी कर्मचारीलाई सातामा दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र खर्चमा समेत बचत हुने दाबी गरेको छ। तर, कर्मचारीलाई दुई दिन बिदा दिँदा सेवाप्रवाह कमजोर भई सरकार र कर्मचारीप्रति जनताको मोह झनै घट्न सक्ने विश्लेषणसमेत गरिएको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

पर्यटन मन्त्रालयको अध्ययनअनुसार सातामा दुई दिन सार्वजनिक बिदा दिँदा राज्यको ढुकुटीमा १ अर्ब ६४ करोड रुपैयाँ बचत हुने देखिएको छ । सातामा दुई दिन बिदा हुँदा विभिन्न शीर्षकमा १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने सरकारी अध्ययन प्रतिवेदनको ठहर छ।

सरकारी अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७७र७८ को बजेटमा सामान्य अनुमान गर्दा सरकारी कार्यालय सातामा दुई दिनको सार्वजनिक बिदा दिने व्यवस्थाले वर्षभर इन्धन, विद्युत्, पानी तथा सरसफाइ र यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती हुने उल्लेख छ।

सरकारी कार्यालयमा मात्र नभएर निजी क्षेत्रमा समेत यस्तो बिदा दिने प्रस्ताव लाभदायक हुने बताइएको छ । निजी क्षेत्रले यस प्रकारको प्रावधान कार्यान्वयन गर्दा घरभाडाबाहेकका अन्य सञ्चालन खर्च कटौती गर्न सक्ने सो प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी, आन्तरिक पर्यटन भ्रमणलाई जोड दिएर अघि सारिएको यस्तो उपायले सातामा दुई दिनको बिदामा कर्मचारीले मुलुकका विभिन्न क्षेत्र घुम्ने भन्दै समितिले प्रतिवेदनमा दुई दिने बिदा प्रस्ताव उपयुक्त हुने केही निश्चित कारण पनि पेस गरेको छ।

प्रतिवेदनमा दुई दिने साप्ताहिक बिदाको नयाँ व्यवस्थाले मुलुकको उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन प्रवद्र्धन हुने, लैंगिक समानता कायम गर्न सहयोग पुग्ने, व्यक्तिगत जीवन सन्तुलित हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पार्ने दाबी पेस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad