‘मायाको गाउँ टेकेर’ बोलको गीत दिपेश लामाको युट्युब च्यानलमा सार्वजनिक भएको हो।
दिपेश र जमुना दुवै नेपाली साँगीतिक रियालीटी सो ‘द भोइस अफ नेपाल’का चर्चित प्रतिस्पर्धी हुन्।
दिपेशले भोइसको पहिलो सिजनमा ‘इश्वर तैँले र के भन्ने हाम्रो समय’ भन्ने गीत गाएर निकै चर्चा कमाएका थिए।
उता भोइसको दोस्रो सिजनमा जमुना राईले ‘पोखिएर घामको झुल्का’ गाएर चर्चा बटुलेकी थिइन्।
दिपेश र जमुनाको ‘मायाको गाउँ टेकेर’ पहिलो प्राजेक्ट हो।
यस गीतका गीतकार पदम साधना कुलुङ ह्न भने यसको संगीत गायक दिपेश स्वयंले दिएका छन्।
यस्तै यस गीतलाई एरेन्ज, मिक्स र मास्टर गर्ने व्यक्ति चर्चित एरेन्जर तथा गायक देवेश राई हुन्।
भर्जिन रेकर्डिङमा रेकर्ड गरिएको यस गीतको कोरसमा गायक विजय राई र गायिका सविना योङहाङको आवाज छ।
यसअघि दिपेशले ‘जुनकिरी, दुरी, पहिलो’ भेटजस्ता सुमधुर गीत गाइसकेका छन्।
(भिडियो)

प्रतिक्रिया