कला


‘झ्यालमा पर्दा छ’ करोड क्लबमा (भिडियो)

‘झ्यालमा पर्दा छ’ करोड क्लबमा (भिडियो)

नेपालखबर
माघ १५, २०७७ बिहिबार १५:५१,

खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन्।

बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ। गीतमा सेञ्चुरी आफैँले सङ्गीत गरेका छन् भने नेत्र अर्यालले शब्द लेखेका छन्।

गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गरेका छन् भने भिडियोमा पत्रकार ऋषि धमलादेखि लोक दोहोरी गीत क्षेत्रका अधिकांश चर्चित कलाकारलाई सहभागी गराइएको छ। गीत केही दिनअघि करोड क्लबमा पुगे पनि सेञ्चुरीले आज आफ्नो जन्मदिन पारेर करोड क्लब सेलेबेरेशन मनाएका हुन्।

सेञ्चुरीले आजै नयाँ गीत ‘उखु गुलियो’ सार्वजनिक गरेका छन्। सो गीतमा चन्द्र शर्मा र जानुका तामाङले स्वर दिएका छन्। लय सेञ्चुरीको हो भने शब्द नेत्र अर्यालको रहेको छ। गीतमा सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिष्मा ढकाल, गीता ढुङ्गना र लोसिना लामिछानेले अभियन गरेका छन्। गीतलाई सेञ्चुरी युट्युब च्यानलबाट बजारमा ल्याइएको छ।

कार्यक्रममा लोकदोहोरी गीत क्षेत्रका अधिकांश कलाकारको सहभागिता थियो। वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीका प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजी, पूर्वअध्यक्ष दुर्गा, शर्मा, चन्द्र शर्मा, बद्री पङ्गेनी, हास्य कलाकार जितु नेपाल, पत्रकार धमलालगायतले सेञ्चुरीका गीत नेपाली लोकगीतका क्षेत्रमा अजरअमर रहने बताएका थिए।

सेञ्चुरीले स्वर दिएका र लय सिर्जना गरेका गीत पछिल्लो समयमा करोड क्लबमा पुग्न थालेका छन्। यससँगै ‘चिया छानेको’, तीज गीत ‘लरिलरिलै’ र ‘सोचेझैँ जिन्दगी रैनछ’ करोड क्लबमा पुगेका छन्। ‘कपलु कोरेर’ पनि अत्यधिक चर्चा पाएको गीत हो। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad