दाइ ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको ५८ वर्षको उमेरमा निधन भएको हो।
यसअघि ऋषि कपुरको निधन क्यान्सरका कारण सन् २०२० को अप्रिलमा भएको थियो।
ऋषि कपुरकी श्रीमती नितुले देवर राजिवको निधन भएको पुष्टि गरेकी छिन्।
कपुर खान्दानका जेठा व्यक्ति रणधिर कपुर मात्र अब जिवित छन्। उनी पनि चर्चित अभितेना हुन्। ऋषि र राजिव दुवै रणधिरका भाइ हुन्।
राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम ग्रन्थ, आसमान, जिमिनदारजस्ता चलचित्रमा अभिनय गरेका थिए। एनडीटीभी

प्रतिक्रिया