कला


प्रियंकाले आफ्नो प्रेमीलाई दराजमा लुकाइन् तर आन्टीले भेटेपछि...

प्रियंकाले आफ्नो प्रेमीलाई दराजमा लुकाइन् तर आन्टीले भेटेपछि...

नेपालखबर
माघ २८, २०७७ बुधबार १२:२६,

पुस्तक ‘अनफिनिस्ड’ मा प्रियंकाले विद्यालय जीवनमा आफ्नो प्रेमीलाई घरमा बोलाएको र आफ्नी आन्टी एक्कासी घर आएपछि आफूले प्रेमीलाई दराजमै लुकाउने अवस्था सिर्जना भएको उल्लेख गरेकी छिन्।

पुस्तकका अनुसार प्रियंकाको उक्त प्रेमीको नाम बब थियो। आफूले बबलाई असाध्यै माया गर्ने गरेको पनि उनले बताएकी छिन्।

भारतीय संचारमाध्यम जुमका अनुसार प्रियंका र बबको कक्षा दशमा पढ्का प्रेम सम्बन्ध थियो। त्यसबेला प्रियंका आफ्नी आन्टी किरणसँग अमेरिकाको इन्डियानापोलिसमा बस्थिन्।

जुमका अनुसार पुस्तकमा प्रियंकाले लेखेकी छिन्,‘एक दिन बब र म हात पक्रिएर सोफामा सँगै बसेर टिभी हेरिरहेका थियौं। मैले झ्याल बाहिरबाट आन्टी आइरहेको देखे। म निकै डराएको थिए। त्यसबेला दिउँसोको २ बजेको थियो र आन्टी सँधै आउने समयभन्दा चाँडै आउनु भएको थियो। बब घर बाहिर जाने सम्भावना थिएन। त्यसकारण मैले बबलाई दराजमा लुकाए।’

पुस्तकमा उनकी आन्टीले दराज खोल्न लगाएको र बबलाई देखेको प्रसंग समेटिएको छ। पुस्तकमा भनिएको छ,‘मैले आन्टी त्यसरी रिसाएको कहिल्यै देखेको थिइन्।’

उक्त घटनापछि आन्टीले आमालाई फोन गरेर वृतान्त सुनाएको र त्यसपछि नै आफू भारत फर्किएको प्रियंकाले लेखेकी छिन्।

भारत फर्किना साथ प्रियंकाले मिस इन्डियामा भाग लिएको र मिस इन्डियाको ताज पहिरिएपछि नै उनले मिस वर्ल्डको उपाधि पन जितेकी थिइन्। मिस वर्ल्ड जित्दा प्रियंका १८ वर्षकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad