कला


प्रज्ञाको राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगितामा यी बने विजेता (नामसहित)

प्रज्ञाको राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगितामा यी बने विजेता (नामसहित)

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ८:४७,

नेपाल प्रज्ञा प्रतिष्ठानले ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन भएको छ।

प्रतिष्ठानले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार कवितातर्फ रामेछापका विक्रम पवन परियारको ‘फर्क अब आफ्नै देश’ शीर्षकको कविता पहिलो, तनहुँका गोविन्दगोपाल खतिवडाको ‘मुटुभित्र देश’ दोस्रो र खोटाङका तेज राईको ‘नमेटिने चक्रचिह्न’ तेस्रो भएको हो।

त्यस्तै निबन्धतर्फ इलामका गणेशप्रसाद भट्टराई पहिलो, तेह्रथुमकी रेजिना आपगाईं दोस्रो र काठमाडौंका प्रेमराज सिलवाल तेस्रो भएको प्रतिष्ठानले जनाएको छ।

विजेताहरुलाई यही ७ गते प्रजातन्त्र दिवसको दिन पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले बताए। सो कार्यक्रमको प्रमुख अतिथि भने प्रधानमन्त्री केपी शर्मा ओली रहनेछन्।

कविता र निबन्धको लागि गत माघ २६ गते सूचना प्रकाशन गर्दै फागुन २ सम्म रचना पठाउन भनेको थियो।

दुवै विधाका विजेता प्रतियोगीमध्ये पहिलोलाई ५० हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई ३० हजार रुपैयाँसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ।

poem result 2077

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad