कला


पहिलोपटक महिलाको संयोजकत्वमा ‘नेफ्टा अवार्ड’

पहिलोपटक महिलाको संयोजकत्वमा ‘नेफ्टा अवार्ड’

नेपालखबर
चैत ७, २०७७ शनिबार ६:४८,

एलआईसीको शीर्ष प्रायोजनमा नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’ सम्पन्न भएको छ।

पहिलो पटक महिलाको संयोजकत्वमा भएको नेफ्टा अवार्डमा गीता पौडेल (सुष्मा) संयोजकको सफल भूमिका निभाउन सफल भएकी छिन्। कोभिड १९ का कारण चलचित्र क्षेत्र ठप्प हुन् पुगेको अवस्थामा यो कार्यक्रमले चलचित्र क्षेत्र चलायमान बनोस् र चलचित्रकर्मीहरुमा ऊर्जा थपियोस भन्ने विश्वासका साथ यो कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलले बताएकी छन्।

स्याङ्जामा जन्मिएकी पौडेलले नेपाली चलचित्र क्षेत्रमा २ दशक बिताइसकेकी छिन्। पौडेललाई स्वर्गीय गोपाल भुटानीले चलचित्र क्षेत्रमा लाग्न निकै प्रोत्सहान गरेका थिए। स्वर्गीय भुटानीलाई आफ्ना कर्म पिता मान्ने पौडेलले शोभा श्रेष्ठलाई आफ्नो गुरु मान्छिन्।

८० भन्दा बढी चलचित्रमा असिस्टेन्ट, हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको रुपमा काम गरिसकेकी पौडेल हाल व्यस्त र सफल हेयर स्टाइलिस्टका रुपमा परिचित छिन्। कला क्षेत्रमा क्रियाशील पौडेल अझै यो क्षेत्रमा निरन्तर लागिरहने बताउँछिन्। आगामी दिनमा मेकअप कोर्समा डिप्लोमा गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।

२०५६ सालमा स्थापना भएको नेपाल चलचित्र प्राविधिक संघमा पौडेलले २०६७ सालमा सदस्यका रुपमा प्रवेश गरेकी थिइन्। हाल उनले संघमा कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्।

गत शनिवार राति सोल्टी होटेलमा आयोजना भएको दशौं संस्कारणको ‘नेफ्टा अवार्ड’मा थुप्रै चलचित्रकर्मी, प्रायोजक संस्थाका प्रतिनिधि लगायत हजारौंको उपस्थिति माझ भव्य रूपले सम्पन्न भएको छ।

यस अवार्ड कार्यक्रममा संयोजकको दायित्व लिएर अगाडि बढ्न प्रेरणा दिने र कार्यक्रम सफल पार्न सहयोग नेफ्टा अध्यक्ष, सम्पूर्ण प्राविधिक , निर्णायक मण्डल र सम्पूर्ण कलाकारहरुलाई पौडेलले हृदयदेखि धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad