इन्डिया टुडेका अनुसार कोरोना पोजेटिभ देखिएपछि खान यतिबेला घरमै आइसोलेसनमा बसेका छन्।
उनले कोरोनाविरुद्धको नियमहरु पालना गरिरहेका छन्। आमिर खानका प्रवक्ताले पछिल्लो समय आमिरसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।
यसअघि आमिर खानसँग एउटै चलचित्रको सुटिङ गरिरहेकी अभिनेत्री कियारा आडवानीमा कोरोना देखिएको थियो।
यसअघि बलिउडकर्मी रणविर कपुर, मनोज बाजपिय, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया र सतिश कौशिक पनि कोरोना संक्रमित भएका थिए।

प्रतिक्रिया