चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन्। यसअघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए।
चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हमालसँगै सम्पदा पनि छनोट भएको बतााइएको छ। यस चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए।
यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन्। यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारीलगायतको अभिनय रहने छ।
विगत २५ बर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन्। यो चलचित्र बैशाख पहिलो साताबाट छायांकनमा जाने बताइएको छ।
Shares

प्रतिक्रिया