धेरै वर्षअघि वैवाहिक सम्बन्ध टुंग्याएका अञ्जु पन्त र मनोजराज शिवाकोटीले सांगीतिक सहयात्रा भने पुनः जोडेका छन्।
दसकभन्दा लामो समयपछि उनीहरूले सँगै गीत गाएका हुन्। उनीहरूले सँगै गाएको गीतको बोल हो– तिमी आयौ जिन्दगीमा। जसको म्युजिक भिडिओ भर्खरै सार्वजनिक भएको छ।
सुरेश वाग्लेका शब्द रहेको गीतमा मनोजराजले संगीत भरेका हुन्।
सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडिओमा गीतकार वाग्ले र उनकी पत्नी प्रमिला कार्की फिचर्ड छन्।
उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन्।
हेर्नुहोस्, अञ्जु पन्त र मनोजराज शिवाकोटीले गाएको गीतको भिडिओ :
एक छोरीकी आमा पन्तले हालै थिर कोइरालासँग विवाह गरेकी छन्।
गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध-विच्छेद गरेकी थिइन्।
उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।
यो पनि : अञ्जु पन्तले क्रिश्चियन विधिबाट यसरी गरेकी रहिछन् विवाह (भिडिओ)

प्रतिक्रिया