आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’ जेठ १ गतेदेखि हलहरूमा प्रदर्शनरत छ।
जुन फिल्ममा आँचल अहिलेसम्मकै फरक भूमिकामा छिन्। अत: १० वर्षे अभिनय करिअरमा उनका लागि यो फिल्म विशेष बनेको छ।
आँचल जति फिटनेसको मामिलामा ध्यान दिन्छिन्, त्यति नै सामाजिक र राजनीतिक मुद्दामा आफ्नो धारणा राखिरहन्छिन्।
यसैबिच नेपालखबरसँग आफ्नो फिल्मबारे कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का विषयमा पनि विचार राखेकी छन्।
सरकारको मूल्यांकन गर्ने बेला अझै भइनसकेको उनको भनाइ छ।
‘मलाई लाग्छ- राम्रो अनि नराम्रो कुरा छिटो हुन्छ। किनभने अझै हामीले धेरै हेर्नुपर्ने छ। उहाँहरूले धेरै काम गर्न बाँकी छ। यो त सुरुवात न हो। अहिले त के भन्ने उहाँहरूको बारेमा? पक्कै पनि यत्रो जनताले मन पराएर उहाँ प्रधानमन्त्रीको पदमा हुनुहुन्छ। उहाँले राम्रो काम गर्दिनुहोस्। यही नै अपेक्षा छ’, उनले भनिन्।
तर सुकुमवासी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ।
‘अहिले त सबै सुकुमवासीहरूले साथ पनि दिनुभएको जस्तो लाग्छ। तर त्यसलाई राम्रोसँग अब सुकुमवासीलाई घर भत्काएरचाँहि सरकारले उहाँहरूलाई पनि हेरिदिनुपर्यो’, आँचलले भनिन्, ‘साँच्चिकै सुकुमवासीहरूको चाहिँ सबै कुरा छैन नि त। एउटा सुरक्षित छानो पाउनु सबैको अधिकार हो, सरकारले उहाँहरूलाई विशेष ध्यान दिनु जरुरी छ। बाँकी त अब यो कुरामा सरकारले अलि राम्रै गर्न खोजेजस्तो लाग्छ।’
भिडिओ
Shares

प्रतिक्रिया