समाज


४ तला माथिबाट खसेर २ जना राज मिस्त्रीको ज्यान गएपछि पक्राउ परे ठेकेदार

४ तला माथिबाट खसेर २ जना राज मिस्त्रीको ज्यान गएपछि पक्राउ परे ठेकेदार

नेपालखबर
जेठ २, २०८३ शनिबार ८:१९, सर्लाही

सर्लाहीमा घरको छतबाट खस्दा दुई जना मिस्त्रीको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले घर निर्माणको ठेक्का लिने ठेकेदारलाई पक्राउ गरेको छ।  

गएको बुधबार मलंगवा नगरपालिका १० बस्ने रञ्जित यादवको चार तल्ले पक्की घरको छत भत्काउने क्रममा छतसहित जमिनमा खस्दा राज मिस्त्रिको काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो। 

घटनामा मलंगवा नगरपालिका-२ घर भएका ५० वर्षीय छटु साह र सर्लाहीकै हरिपुर्वा नगरपालिका-२ बस्ने वर्ष ४० का राजकिशोर यादवको मृत्यु भएको थियो। 

उक्त घटना अनुसन्धानको लागि मलंगवा नगरपालिका वडा नम्बर-३ मा बस्ने सुनिल साह भन्ने सुलिन्द्र प्रसाद साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनी घर निर्माणको ठेक्का लिने ठेकेदार हुन्।

मृतकका आफन्तले ठेकेदारको लापरबाहीले घटना भएको भन्दै दोषीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आएका छन्। 

उनलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेर सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad