ad ad

कला


काठमाडौँमा ‘जात व्यवस्था र यौनिकता : कलामार्फत् प्रतिरोध’ प्रदर्शनी जारी

काठमाडौँमा ‘जात व्यवस्था र यौनिकता : कलामार्फत् प्रतिरोध’ प्रदर्शनी जारी

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १०:१०, काठमाडौँ

काठमाडौँको नक्सालमा ‘जातव्यवस्था र यौनिकता : कलामार्फत् प्रतिरोध’ शीर्षकमा ललितकला प्रदर्शनी भइरहेको छ। 

कलामार्फत् जात व्यवस्थाविरुद्ध आवाज उठाउन र समाजलाई सचेत बनाउन बिहीबार ललितकला प्रज्ञा–प्रतिष्ठानले उक्त प्रदर्शनी सुरु गरेको हो। प्रदर्शनी मंसिर २० गतेसम्म चल्नेछ। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य तथा सामरी उत्थान सेवाको आयोजनामा भएको प्रदर्शनीमा ४० जना कलाकारका सिर्जना समावेश छन्। 

प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका थिए।

उनले जात र लिङ्गका आधारमा समाजमा भएको विभेद बिस्तारै हट्दै गएको बताए। उनले समाजमा चेतना फैलाउन कला प्रभावकारी माध्यम भएकाले यस्ता कार्यक्रम आयोजना गरिरहनु आवश्यक भएको बताए। 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लैङ्गिक र जातीय विभेद अन्त्यका लागि कलामार्फत् प्राज्ञिकस्तरबाट अघि बढ्नुपर्नेमा जोड दिए। 

उद्घाटन समारोहका अध्यक्ष विमला गायकले समाजमा दमित आवाजलाई कलाकारले सिर्जनाका माध्यमबाट उठान गरेकामा खुसी व्यक्त गरिन्। 

यो पनि : दलित आयोगका अध्यक्षसँग अन्तर्वार्ता: जातप्रथा जोगाउन चाहनेहरू त सिंहदरबारभित्रै रहेछन्!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .