बलिउड अभिनेता अक्षय कुमार स्टारर कमेडी फिल्म ‘वेलकम टु द जंगल’ ले बक्स अफिसमा बलियो पकड जमाएको छ।
समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया आए पनि दर्शकको राम्रो साथ पाएपछि फिल्मले प्रदर्शनको दुई हप्तामै विश्वभरबाट १ सय ८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको हो।
अहमद खानको निर्देशनमा बनेको यो फिल्म सन् २००७ को चर्चित ‘वेलकम’ फ्रेन्चाइजीको तेस्रो भाग हो।
यस फिल्मले घरेलु बक्सअफिसमा मात्रै कुल एक सय २५ करोड ५ लाख रुपैयाँ कमाइसकेको छ।
भारतमा यसको कुल ग्रस कलेक्सन १ सय ४८ करोड रुपैयाँ नाघेको छ। विदेशी बजार (ओभरसिज) बाट फिल्मले ३१ करोड रुपैयाँभन्दा बढी संकलन गरेको छ।
प्रदर्शनको चौधौँ दिन अर्थात् बिहीबार मात्रै फिल्मले भारतमा २ करोड १५ लाख कमाएको छ भने विदेशी बजारबाट झन्डै २५ लाख रुपैयाँ थपेको छ।
दुई साता पुरानो भए पनि यस फिल्मले बक्स अफिसमा रिलिज भएका अन्य चार ठुला फिल्मलाई कडा टक्कर दिइरहेको छ। आई एम ब्याक, ककटेल २ अल्फा र नागबन्धनलाई पछि पारेको छ।
फिल्ममा अक्षय कुमारसँगै, रविना टन्डन, सुनील शेट्टी, दिशा पटानी, ज्याकलिन फर्नान्डिज, अरशद वारसी, ज्याकी श्राफ, परेश रावल, लारा दत्ता, फरीदा जलाल, जोनी लिभर, श्रेयस तलपडे, तुषार कपूर, दलाल कृषक, राजकुमार कृषक, राजकुमारलगायतले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया