नर्वेले सामाजिक संजालसँग सम्बन्धित एउटा नियम लागू गर्ने भएको छ।
बीबीसीका अनुसार यो कानुनअनुसार सम्पादन ‘इडिट’ गरिएको तस्बिर सामाजिक संजालमा पोस्ट गर्न पाइनेछैन।
यदी फोटो पोस्ट गर्नैपर्ने भएमा उक्त फोटो सम्पादन गरिएको हो भनेर उल्लेख गर्नुपर्ने बताइएको छ।
यो नियमले नर्वेका धेरै व्यक्तिलाई प्रभावित गर्ने अनुमान गरिएको छ। यो नियमको पक्षमा र विपक्षमा नर्वेका नागरिकहरु बाँडिएका छन्।
कसैले तस्बिर इडिट गर्न पाउनुपर्छ भनिरहेका छन् भने केहीले तस्बिर इडिट गर्ने कार्य अनैतिक भएको बताएका छन्।
मानिसहरुको सबै प्रकारको शारीरिक बनावटलाई सम्मान गरिनुपर्ने र यो कानुनले त्यो कार्यमा सघाउ पुर्याउने जनाइएको छ।
39
Shares
प्रतिक्रिया