भारतको नोएडामा टायल्सको काम गरेको पैसा नपाएपछि एक व्यक्तिले मर्सिडिज कारमा नै आगो लगाइदिएका छन्।
भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार एक मिस्त्रीले टायल्सको काम गरेको पैसा नपाएपछि काम लगाउने व्यक्तिको मर्सिडिज कारमा आगो लगाइदिएका हुन्।
उनले कारमा आगो लगाइदिएको घटना सीसीटीभीमा कैद भएको थियो। त्यसपछि यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
सीसीटीभी भिडिओमा देखिएअनुसार हेल्मेट लगाएको एक व्यक्तिले आफ्नो बाइकबाट ओर्लेर मार्सिडिज कारनजिकै गएर आगो लगाएर भागिरहेको देख्न सकिन्छ।
यो घटनापघि कार मालिकले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले केही घण्टापछि आरोपीलाई पक्राउ गरेको थियो।
समाचारमा उल्लेख गरिएअनुसार कार मालिकले आफ्नो घरमा टायल्स हालेको २ लाख ६८ हजार भारतीय रुपैयाँ दिन बाँकी थियो। पैसा नपाएपछि रिसाएका रणवीर नाम गरेका ती मिस्त्रीले कारमा आगो लगाइदिएका हुन्।
रणवीरले आफूले धेरैपटक आफ्नो पारिश्रमिकबापतको पैसा दिन आग्रह गर्दै आए पनि विभिन्न बहाना देखाएर आनाकानी गर्न थालेपछि रिसाएर कारमा आगो लगाइदिएको बताएका छन्।
प्रतिक्रिया