कारमा सिट बेल्ट नबाँधेकोमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले जरिवाना गरेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्न चलिरहेको कारमा भिडिओ खिच्दै गर्दा प्रहरीले उनलाई कारबाही गरेको हो।
लंकाशायर प्रहरीले नाम उल्लेख नगरी लन्डनका एक वर्षीय पुरुषलाई जरिवाना गरिएको बताएको छ।
सुनकले माफी माग्दै गल्ती स्वीकार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उनले जरिवाना तिर्ने पनि सो कार्यालयको भनाइ छ।
बेलायतमा सिट बेल्ट हुँदाहुँदै नबाध्ने यात्रुलाई एक सय पाउन्ड जरिवाना गर्न सक्ने नियम छ। सो रकम २८ दिनभित्र तिर्नुपर्ने हुन्छ। तर, सो मुद्दा अदालत पुगे पाँच सय पाउन्ड तिर्नुपर्ने हुन्छ।
सुनक उत्तरी इंग्ल्यान्डको भ्रमणका क्रममा लंकाशायर पुगेका थिए। उनले सिट बेल्ट नबाँधेको सो भिडिओ इन्स्टाग्राममा पोस्ट गरेका छन्।
सरकारी पदमा हुँदाहुँदै सुनकले जरिवाना तिर्नुपरेको यो दोस्रो पटक हो।
जुन २०२० मा कोभिड लकडाउनको नियम उल्लंघन गरेर तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनको जन्मदिनको पार्टीमा सामेल भएकोमा सुनकलाई गत अप्रिलमा जरिवाना तिराइएको थियो। बीबीसी
प्रतिक्रिया