ad ad

रोचक


विवाहको ‘कार्ड’मा फ्यानले धोनीको तस्बिर राखेपछि...

विवाहको ‘कार्ड’मा फ्यानले धोनीको तस्बिर राखेपछि...

नेपालखबर
जेठ २१, २०८० आइतबार ९:४५, काठमाडौँ

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीका विश्वभर कति फ्यान छन्? यो बताइरहनुपर्ने कुरा होइन। उनको 'फ्यान फलोइङ'को बारेमा सबैलाई थाहा भएको कुरा हो।

तर हालै उनका एक यस्ता 'डाइहर्ट फ्यान', जसले आफ्नो बिहेको कार्डमा धोनीको तस्बिर छापेपछि उक्त कार्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भाइरल भइरहेको उक्त विवाहको कार्डमा धोनीको फोटोसँगै जर्सी नम्बर र उनको नाम पनि छापिएको देख्न सकिन्छ। भाइरल कार्डमा दुलहा र दुलहीको नामभन्दा ज्यादा मुख्य केन्द्रमा धोनीलाई राखिएको छ। कार्डको भित्री भागमा विवाहको मिति सहित विवाहस्थलको जानकारी र आफन्तको ठेगाना दिइएको छ।

भाइरल भइरहेको यो विवाहको तस्बिरसँगै जर्सी नम्बर ७ छापिएको देख्न सकिन्छ। धोनीका फ्यानको नाम दीपक पटेल रहेको बताइएको छ, जो मिलुपाराको कोन्डकेल जिल्लाका बासिन्दा हुन्। यससँगै उनले एमएस धोनीलाई ठूलो दिनको लागि निमन्त्रणा गर्न कार्ड पनि पठाएका छन्।

दीपकले बाल्यकालदेखि नै महेन्द्र सिंह धोनीलाई आफ्नो आदर्श मान्ने गरेको बताइन्छ । उसो त, धोनीको लागि फ्यानहरूले यस्तो क्रेज देखाएको यो पहिलोपटक भने होइन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .