ad ad

रोचक


जो ४ सन्तानका साथ पाकिस्तानबाट भागेर नेपाल हुँदै प्रेमी भेट्न भारत पुगिन्

जो ४ सन्तानका साथ पाकिस्तानबाट भागेर नेपाल हुँदै प्रेमी भेट्न भारत पुगिन्

नेपालखबर
असार २४, २०८० आइतबार ११:४१, काठमाडौँ

पाकिस्तानबाट भागेर नेपालको बाटो हुँदै भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ।

इस्लामाबादमा रहेकी बीबीसीकी शुमायला खानले पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरूबाट यो जानकारी लिएकी हुन्।

बीबीसी हिन्दीका अनुसार सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मिणालाई भेट्न नेपाल हुँदै आफ्ना चार सन्तानसहित अवैध रूपमा भारत आइपुगेकी हुन्। 

भारतमा प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो। सीमा र उनका प्रेमी सचिनले शुक्रबार जमानत पाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

दुबईमा बस्ने सीमाका पाकिस्तानी श्रीमान् गुलाम हैदरले आफ्नी श्रीमती र छोराछोरीलाई फिर्ता ल्याउन पाकिस्तान सरकारसँग अपिल गरेका छन्।

यसैबीच भारतमा मिडियासँग कुरा गर्दै सीमाले आफू प्रेमी सचिनसँग मात्र बस्न चाहेको बताएकी छन्।

विवाहित सीमाका चार सन्तान छन् जसलाई लिएर उनी भारत आइपुगेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .