रोचक


बंगलादेशको त्यो परिवार जसको औंठाछाप नै छैन, भोगिरहेका छन् यस्ता समस्या..

बंगलादेशको त्यो परिवार जसको औंठाछाप नै छैन, भोगिरहेका छन् यस्ता समस्या..

नेपालखबर
पुस ११, २०७७ शनिबार ६:३९,

आनुवंशिक उत्परिवर्तन ‘जिनिटिक म्युटेसन’का कारण उनको हातका रेखाहरु मधुरो छन्, औलाहरुमा चक्र छैन्।

औंठाछाप नै नभएपछि उनले जीवनमा धेरैपटक समस्या खेप्नु परेको बताउँछन्। उनका बुबा र हजुरबुबाको पनि औंलाहरुमा चक्र छैन्, अर्थात् उनीहरुको पनि औंठाछाप छैन।

बुबा र हजुरबुबासम्म औंठाछापको कुनै समस्या भएन तर उनले भने धेरैपटक औंठाछाप नभएका कारण समस्या झेले।

Amal and Apu पिता अमालसँग अपु

खासमा औंठाछापलाई विश्वभर बायोमेट्रिक डेटाको रुपमा लिइन्छ। कार्यालयमा हाजिरी गर्दा पनि आजभोली विद्युतीय रजिस्टर भएका कारण औंठाछाप आवश्यक पर्छ।

त्यस्तै उनले नागरिकता र पासपोर्ट बनाउँदा पनि समस्या झेले, किनभने बंगलादेशमा नागरिकता र पासपोर्टमा औंठाछाप अनिवार्य गरिएको छ।

कयौंपटक उनलाई औंठाछाप नभएका कारण नागरिकता र पासपोर्ट बनाउने स्थानबाट फर्काइयो। तर पछि सरकारले ‘नो फिंगरप्रिन्ट’ स्ट्याम्पको व्यवस्था गरेपछि भने उनले पनि नागरिकता र पासपोर्ट पाए।

तर उनले अझैसम्म आफ्नो नाममा सिमकार्ड प्राप्त गरेका छैनन् भने उनले दुईपटकसम्म बाइक लाइसेन्सको फारम भरे तर पैसा मात्र तिर्नुपर्यो।

Why Scanning Your Fingerprint Could Cost You Your Privacy | Inc.com

अहिले उनले आफ्नी आमाको नामबाट झिकेको सिमकार्ड प्रयोग गर्छन्। लाइसेन्स झिक्दा पनि औंठाछाप चाहिने हुँदा उनले हालसम्म लाइसेन्स बनाउन पाएका छैनन्।

औंठाछाप नहुनेहरुको लागि बैकल्पिक उपायहरु नखोजिए आफूलेजस्तो समस्या धेरैले खेप्ने उनको भनाइ छ। एजेन्सी

Apu Sarker's younger brother Anu also inherited the rare gene mutationअपुका भाइ अनु जसको पनि औंठा छाप छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad