आफूले लगाउने ब्राको साइज थाहा हुँदै हुँदैपनि श्रीमानले अपमान गर्दै सानो ब्रा किनिदिएको उनको आरोप छ।
उनीहरुले पहिल्यै कानुनी रुपमा विवाह गरेका थिए। तर चिनियाँ रित अनुसार भर्खरै विवाह गर्दै थिए।
गुइझाओ प्रान्तमा रित अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच विवाद चर्किएको हो।
उनीहरुको संस्कारमा विवाहमा भित्री वस्त्र किनिदिने चलन रहेको बताइएको छ।
लुओले ब्राको साइज सानो भएको बताएपछि याङले विवाह गर्न मन छैन भने पैसा फिर्ता देउ भनेर धम्क्याएको लुओको भनाइ छ। एससीएमपी

प्रतिक्रिया