रोचक


पोलियो थोपा भन्दै भारतका १२ बालबालिकालाई स्यानिटाइजर खुवाइएपछि..

पोलियो थोपा भन्दै भारतका १२ बालबालिकालाई स्यानिटाइजर खुवाइएपछि..

नेपालखबर
माघ २०, २०७७ मंगलबार ७:८,

टाइम्स अफ इन्डियाका अनुसार यो लापरवाहीको घटना महाराष्ट्रको यवतमल जिल्लाको हो। आइतबार १२ बालबालिकालाई पोलियो थोपा भन्दै ह्यान्ड स्यानिटाइजर खुवाइएको हो।

जब बालबालिकालाई स्यानिटाइजर खुवाइएको थियो उनीहरुले वान्ता गरेका थिए। उनीहरु बिरामी परेपछि सबैलाई अस्पताल भर्ना गरिएको थियो।

ती सबै बालबालिका काप्सी कोप्रि गाउँको भएको बताइएको छ। हाल सबैको अवस्था सामान्य बनिसकेको पनि जानकारी दिइएको छ।

बालबालिकाका अभिभावकका अनुसार पोलियो थोपा खुवाउने कार्यमा खटेका अधिकारीहरुले यो घटना लुकाउन खोजेका थिए।

अस्पतालले स्यानिटाइजर नै खुवाइएको पुष्टि गरेको छ। हाल प्रहरीले यस विषयमा अनुसन्धान थालेको बताइएको छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .