रोचक


अफिसबाट छुट्टी पाउन अपहरणमा परेको नाटक गर्ने किशोर कामबाट निकालिए!

अफिसबाट छुट्टी पाउन अपहरणमा परेको नाटक गर्ने किशोर कामबाट निकालिए!

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:२१,

तर अमेरिकाको एउटा फ्याक्ट्रीमा काम गर्ने १९ वर्षका किशोरलाई काममा जान मन नलागेपछि उनले आफू अपहरणमा परेको नाटक गरेका छन्।

उनले कामबाट केही समयको लागि छुट्टी पाउन अपहरणमा परेको नाटक गरेको डेलीमेलले जनाएको छ।

खबरका अनुसार ब्रान्डन साल्स नाम गरेका किशोरले मुखमा कपडा ठोसेर साथै आफ्नो हात आफैँले बाँधेर अपहरणमा परेको नाटक गरेका हुन्।

यसरी हात बाँधिएको अवस्थामा भेटिएको खबर कम्पनीले थाहा पाएपछि उनले केहीदिन छुट्टी हुने अपेक्षा गरेका थिए।

प्रत्यक्षदर्शीले उनलाई लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीलाई दुई व्यक्तिले अपहरण गरेको बताएका थिए।

तर अनुसन्धानमा ब्रान्डनको भनाइ गलत ठहरियो।

छुट्टी पाउनका लागि उनी आफैंले नाटक मन्चन गरेको थाहा पाएपछि कम्पनीले यतिबेला ब्रान्डनलाई कामबाट समेत हटाइदिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .