रोचक


उत्तर कोरियाबाट हातले ठेल्ने ट्रलीमा चढेर घर फर्किए रुसी कूटनीतिज्ञ

उत्तर कोरियाबाट हातले ठेल्ने ट्रलीमा चढेर घर फर्किए रुसी कूटनीतिज्ञ

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १४:५२,

रुसी कूटनीतिज्ञहरुको एक समूह ट्रलीमा बसेर उत्तर कोरियाबाट बाहिरिएको छ।

कोरोना संक्रमण फैलिन नदिन उत्तर कोरियाले आवतजावतमा कडाइ गरेको छ। अन्य मुलुकसँगको विमान र रेल सेवा ठप्प छ।

त्यसैले रुसी कूटनीतिक कर्मचारी र तिनका परिवार रेलको लिकमा हातले ठेलेर चलाउन मिल्ने ट्रलीमार्फत सीमा पार गरेर घर फर्किएका हुन्।

त्यसअघि उनीहरु रेल र बसमा यात्रा गरेर सीमाक्षेत्रसम्म पुगेका थिए।

यसरी ट्रलीमा उनीहरुले करिब १ किलोमिटर यात्रा गरेको जनाइएको छ।

‘एक वर्षदेखि सीमा र उडान बन्द भएकाले घरफिर्ती निकै कठिन रह्यो,’ रुसी विदेश मन्त्रालयले फेसबुकमा पोस्ट गरेको छ।

मन्त्रालयले राखेको तस्बिरमा कूटनीतिज्ञ र तिनका सरसामान ट्रलीमा देखिन्छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .