ad ad

रोचक


ड्रागन म्यानः चीनमा भेटियो नयाँ मानव प्रजातिको लाखौं वर्ष पुरानो खप्पर

ड्रागन म्यानः चीनमा भेटियो नयाँ मानव प्रजातिको लाखौं वर्ष पुरानो खप्पर

नेपालखबर
असार १२, २०७८ शनिबार ८:३९,

हालै सार्वजनिक गरिएको ड्रागन म्यान उपनाम दिइएको यस खप्पर पूर्वी एशियामा कम्तीमा १ लाख ४६ हजार वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बीबीसीले उल्लेख गरेको छ।

सो खप्पर उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको थियो। तर यो खप्पर नयाँ प्रजातिको मानिसको हो भनेर वैज्ञानिकहरूले हालै मात्र पत्ता लगाएका हुन्।

सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ। वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।

ड्रागन म्यान

यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए।

उनी बीबीसीसँग भन्छन्,‘गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो।’

उनका अनुसार चीनमा भेटिएको मानव खप्पर मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स ‘आधुनिक मानव’ बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।

अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ।

Dragon Man': Skull discovered in China may be new species of early human |  CTV News

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .