समाज


चीनले तिब्बतमा सुरुवात गरेको बुलेट ट्रेन सेवा भारतको अरुणाचल नजिकैबाट कुद्ने

चीनले तिब्बतमा सुरुवात गरेको बुलेट ट्रेन सेवा भारतको अरुणाचल नजिकैबाट कुद्ने

नेपालखबर
असार १२, २०७८ शनिबार ७:३६,

यो रेल भारतको अरुणाचल प्रदेश नजिकैबाट कुद्ने सिन्ह्वाले जनाएको छ। यसको पुरा रुट ४३५ दशमलब ५ किलोमिटरको छ।

यो विद्युतीय रेलसेवा सिचुआन–तिब्बत रेलवे मातहतमा रहने जनाइएको छ।

गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा नयाँ रेल परियोजना निर्माणको विषयमा निर्देशन दिएका थिए।

यो रेल लाइनले भारतसँगको सीमा नजिक सुरक्षा र स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्नेछ।

चीनले भारतले आफ्नो राज्य भएको बताउने अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भएको बताउँछ। सो क्षेत्रका ३ हजार ४८८ किमी भूभागमा चीन र भारतबीच विवाद छ।

यसअघि छेङ्दुबाट ल्हासा र ल्हासाबाट छेङ्दु यात्रा गर्न ४८ घण्टा लाग्थ्यो भने यतिबेला १३ घण्टामै यात्रा गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .