समाज


बाल संरक्षण भत्तामा पनि भ्रष्टाचार

बाल संरक्षण भत्तामा पनि भ्रष्टाचार

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १४:३९, काठमाडौँ

महोत्तरीमा बाल संरक्षण अनुदान भत्तामा भ्रष्टाचार भएको पाइएको छ।

लाभग्राहीलाई भत्ता वितरण नगरी नक्कली भरपाई बनाएर तीन लाख ७ हजार २ सय रूपैयाँ अनियमितता गरेको पाइएको हो।

भत्ता हिनामिना पुष्टि भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार)  महोत्तरीको साविक भरतपुर गाविसका तत्कालीन सचिव महेश्वर महतो कोइरी, तत्कालीन कार्यालय सहायक (हाल गौशाला–४ का सचिव) उमाकान्त महतो र तत्कालीन जिल्ला विकास समिति महोत्तरीका तत्कालीन सहायक लेखापाल (हाल भंगाहा नगरपालिकाका अधिकृत) सुरुज साहविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण भत्ता सम्बन्धित लाभग्राहीलाई वितरण नगरेर भरपाईको सहीछाप महलमा उनीहरू आफैँले र लाभग्राहीबाहेकका अन्य व्यक्तिहरूलाई हस्ताक्षर गर्न लगाएर रकम हिनामिना गरेका हुन्।

उनीहरूविरुद्ध समान ३ लाख ७ हजार २ सय बराबरको बिगो मागदाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad