काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्दव भट्टराई घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज (शुक्रबार) २१ हजार घुस लिसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो।
अख्तियारका अनुसार भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि सेवाग्राहीसँग घुस मागेको जनाएको छ।
थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ।
435
Shares

प्रतिक्रिया