गण्डकी


तनहुँमा ४ दिनदेखि सम्पर्कविहीन युवक मृत भेटिए

तनहुँमा ४ दिनदेखि सम्पर्कविहीन युवक मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १९:३५, तनहुँ

तनहुँको आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला परेका छन्। 

फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मर्स्याङ्दी नदीमा मृत फेला परेका हुन्। सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ। मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङ्दीको किनारमा भेटिएको थियो। घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .