गण्डकी


प्रहरी कुट्ने ४ युवक पक्राउ

प्रहरी कुट्ने ४ युवक पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
माघ २८, २०८१ सोमबार १२:४२, तनहुँ

तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ।

अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो।

कुटपिटमा संलग्न चार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ।

शनिबार राति २ बजे मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

उनीहरूविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad