गण्डकी


जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने १६ वर्षीय किशोर!

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुट्ने १६ वर्षीय किशोर!

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १७:२१, पोखरा

कास्की प्रहरीले जेन-जी आन्दोलनको क्रममा लुटिएको चाइनिज पेस्तोलसहित एक नाबालकलाई पक्राउ गरेको छ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा बगर चौकीमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको तस्वीर र भिडियोको आधारमा अनुसन्धान गर्ने क्रममा पोखरा ४,गैह्रापाटन डेरा गरी बस्ने १६ वर्षीय नाबालकलाई म्यागाजिन नभएको टाइप २४ पेस्तोलसहित पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

डीएसपी बस्नेतका अनुसार ती बालकको स्थायी घर भने पोखरा ३१ हो। नेपालको कानुन अनुसार नाबालक अपराधमा संलग्न हुँदा परिचय गोप्य राखिन्छ।

प्रहरीले पनि ती बालकको परिचय गोप्य राखेको छ भने उनको घरमा को–को छन् र के काममा संलग्न छन् भन्नेबारे थप अनुसन्धान हुँदै गरेको जानकारी दिएको छ।

पक्राउ परेका नाबालकलाई आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी कसूरमा अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको पनि कास्की प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad