गण्डकी


जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ

जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ

नेपालखबर
माघ २१, २०८२ बुधबार १६:२२, काठमाडौँ

कास्की प्रहरीले चुनावकै मुखमा जेनजी आन्दोलनको क्रममा लुटिएको इन्सास राइफलसहित २ जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएको सो इन्सास पोखरा २, भीमसेन टोलको एउटा घरको दाउराको खलियाँमा भेटिएको हो। 

हतियार लुट्ने कार्यमा संलग्न भएका महोत्तरी स्थायी घर भइ हाल पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरी र भारत घर भइ हाल पोखरा २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा लिएर हतियार तथा खरखजना मुद्दा चलाइएको पनि प्रहरीको भनाइ छ। 

हतियार लुटेपछि उनीहरूले पोखरा २ भीमसेन टोलमा रहेको इन्द्रबहादुर भारीको दाउराको खलियाँमा लुकाएको अनुसन्धानबाट खुलेको पनि प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad