नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (शुक्रबार) पोखरा आउने भएका छन्।
कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आउन लागेका हुन्।
सभापति भएपछि पहिलोपटक पोखरा आउन लागेका गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए।
बैठकको क्रममा सभापति थापाले कांग्रेस उम्मेदवारलाई जिताउनका लागि निर्देशन दिने अपेक्षा गरिएको छ।
बैठकपछि सभापति थापाले गण्डकीका विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधिहरुसँग छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।
162
Shares

प्रतिक्रिया