ग्लोबल


प्यान्डोरा पेपर्सले पाकिस्तानका प्रधानमन्त्री संकटमा!

प्यान्डोरा पेपर्सले पाकिस्तानका प्रधानमन्त्री संकटमा!

फाइल तस्बिर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान।


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १६:३६, काठमाडौँ

गत महिना सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ ले धनी र शक्तिशाली व्यक्तिहरूले कसरी आफ्नो पैसा विदेश र ‘अफशोर’ खातामा लुकाउँछन् भन्ने कुरा खुलासा गरिदियाे।

त्यसरी पैसा लुकाउनेहरूको सूचीमा पाकिस्तानका सात सय जनाभन्दा बढी प्रभावशाली व्यक्तिको नाम पनि छ। अनि त्यसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानका नजिकका मान्छे पनि छन्। 

हुन त प्रधानन्त्री खानले सूचीमा परेका सबै व्यक्तिबारे अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर उनले वाचा गरेको चार साता बित्दा पनि यस विषयमा कुनै खोजी भइरहेको पाइएको छैन। 

बीबीसी उर्दुका पत्रकारद्वय असद अली चौधरी र लुइस अडामुले लेखेको रिपोर्टमा भनिएको छ– त्यसैले छानबिन प्रक्रिया कहाँ पुग्यो भन्ने बुझ्न उनको कार्यालयमा सम्पर्क गर्‍यौँ। हामीलाई बताइएअनुसार प्रधानमन्त्री इमरान खानले प्यान्डोरा काण्डमा नाम मुछिएका पाकिस्तानीहरूबारे छानबिन गर्न प्रधानमन्त्री निरीक्षण आयोगका प्रमुख अहमद यार हिराजको नेतृत्वमा विशेष टोली गठन गरेका छन्। जसमा न्यासनल अकाउन्टबिलिटी ब्युरो (एनएबी), संघीय अनुसन्धान एजेन्सी (एफआईए), संघीय राजस्व बोर्ड (एफबीआर) र इन्टर-सर्भिसेस-इन्टेलिजेन्स एजन्सी (आईएसआई) का अधिकारी छन्।

कर छल्ने मामिला एफबीआर र सम्भावित सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्तिको घटना एफआईए र एनएबीले हेर्नेछन्।

आयोगका प्रमुख अहमद यार हिराजले यस विषयमा आफूहरूले दैनिक बैठक गरिरहेको र समितिले धेरै काम गरिसकेको दाबी गरेका छन्। यस क्रममा धेरै प्रमाण पनि जुटाइसकेको र केही दिनभित्रै पत्रकार सम्मेलन गरेर जानकारी गराइने उनको भनाइ छ। 

प्रधानमन्त्री इमरान खानलाई संकट!
सन् २०१७ मा सार्वजनिक पानमा पेपर्सले पाकिस्तानका अघिल्ला प्रधानमन्त्री नवाज शरिफलाई ठूलो संकट सिर्जना गरेको थियो।

सर्वोच्च अदालतले उनले यूएईसँगको आफ्नो व्यापारिक कारोबार इमान्दारीपूर्वक प्रस्ट नपारेको ठहर गरेको थियो। त्यसपछि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। 

तर अर्को वर्ष पारदर्शिता र भ्रष्टाचारविरोधी छवि बनाएका उनी चुनाव जित्न सफल भएका थिए।

अहिले पनि प्रधानमन्त्री खान पानमा पेपर्सको सीधा निशानामा त परेका छैनन्, तर  उनको निर्देशनबमोजिम अनुसन्धान भइरहेको प्यान्डोरा काण्डको प्रतिवेदनले उनलाई ठूलो संकट निम्तिन सक्छ। 

खानको सरकार कमजोर गठबन्धनमा टिकेको छ, जसमा पाकिस्तान मुस्लिम लिग क्युजस्ता साना दल सामेल छन्। पाकिस्तान मुस्लिम लिग क्युका नेता मुनिस इलाही जलस्रोतमन्त्री छन्। उनको नाम पनि प्यान्डोरा पेपर्समा पटकपटक आएको छ। तर उनले आफूले गल्ती नगरेको दाबी गरेका छन्।

तर आफूलाई प्राप्त विशेष दस्तावेजले जलमन्त्रीको दाबीभन्दा फरक तथ्य फेला परेको बीबीसी उर्दुले दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .