ad ad

ग्लोबल


उड्नेबित्तिकै गायब भयो ताइवानको अत्याधुनिक लडाकु विमान

समुद्रमा खसेको अनुमानसहित खोजी जारी
उड्नेबित्तिकै गायब भयो ताइवानको अत्याधुनिक लडाकु विमान

नेपालखबर
पुस २७, २०७८ मंगलबार २२:१०, काठमाडौँ

ताइवानको एक एफ-१६ फाइटर जेट मंगलवार प्रशिक्षण उडानका क्रममा गायब भएको छ। 

समुद्रमाथि उडान भरिरहेका बेला यो अत्याधुनिक फाइटर जेट अचानक गायब भएपछि ताइवानमा खैलाबैला भएको छ।

सराकरका अनुसार यस फाइटर जेटका पाइलटलाई खोज्ने हरसम्भव प्रयास जारी राखिएको छ।

ताइवानको रक्षा मन्त्रालयले एफ-१६ फाइटर जेट ताइवानको लडाकु हवाई दलको सबैभन्दा आधुनिक विमान हो।

यस लडाकु विमानले दक्षिणी ताइवानको चियायी एयर बेसबाट उडान भरेको थियो। यो विमान उडान भरेको केही बेरमै रडार स्क्रिनबाट गायब भएको थियो।

ताइवानका राष्ट्रपति तसाई इङ्ग-वेनले यस फाइटर जेटको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न आदेश दिएका छन्। 

राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै अरब न्यूजले उल्लेख गरे अनुसार खोजी र बचाऊ कार्यमा हर सम्भव कोशिश गर्न आदेश जारी भएको छ। 

राष्ट्रपतिको कार्यालयले यदि दुर्घटनामा परेको भए त्यसको कारण पनि पत्ता लगाउन भनेको छ।

सरकारी उद्धार कमाण्ड सेन्टरले केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार विमान समुद्रमा खसेर दुर्घटनामा परेको छ।

यसअघि सन् २०२० मा पनि एक एफ-१६ विमान हुएलियन एयर बेसबाट उडान भरेको केही बेरमै गायब भएको थियो।

पछिल्लो एक वर्षयता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन अस्वीकार गरिरहेको छ।

उता ताइवानले अमेरिकाको साथ लिएर आफू स्वतन्त्र राष्ट्रका रुपमा स्थापित भइसेको बताउँदै सैन्य शक्ति बढाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .