ग्लोबल


एउटा सर्तसहित इजरायल र लेबननले गरे युद्धविराम सम्झौता

एउटा सर्तसहित इजरायल र लेबननले गरे युद्धविराम सम्झौता

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १३:३१, काठमाडौँ

हेज्बुल्लाहले आक्रमण पूर्ण रूपमा बन्द गर्नुपर्ने सर्तमा इजरायल र लेबनन युद्धविराम लागु गर्न सहमत भएको अमेरिकाले जनाएको छ।

बुधबार दक्षिणी लेबननमा इजरायलले गरेको आक्रमणमा कम्तीमा नौ जना मारिएपछि उक्त सम्झौता भएको हो। 

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘सबै देशले इजरायल र लेबननबिचको सम्बन्धको भविष्य दुई सार्वभौम सरकारद्वारा निर्धारण गरिनुपर्छ भन्ने कुरालाई पुन: पुष्टि गरेका छन्। उनीहरूले लेबननको भविष्यलाई बन्धक बनाउने कुनै पनि देश वा गैरराज्य पक्षको कुनै पनि प्रयासलाई अस्वीकार गरेका छन्।’

युद्धविराम सम्झौतामा दक्षिणी लेबननमा इजरायलको नियन्त्रणमा रहेको क्षेत्रबाट ‘सबै हेज्बुल्लाह लडाकु हटाउने’ पनि भनिएको छ। यो क्षेत्र लिटानी नदीदेखि सीमासम्म फैलिएको छ, जसलाई सम्झौतापत्रमा ‘दक्षिण लिटानी क्षेत्र’ भनिएको छ। 

मार्चको अन्त्यमा इजरायलका रक्षामन्त्री इजरायल काट्जले आईडीएफले दक्षिणी लेबननको ठुलो क्षेत्रमा सुरक्षा क्षेत्र स्थापना गर्ने र हजारौँ विस्थापित बासिन्दालाई उत्तरी इजरायल सुरक्षित नभएसम्म फर्कन अनुमति नदिइने बताएका थिए। 

यो युद्धविराम सम्झौता सोमबार भएको आंशिक युद्धविराम सहमतिपछि भएको हो। 

लेबननले भनेको छ, ‘यस सम्झौताअन्तर्गत इजरायलले बेरुतमा बमबारी गर्ने छैन, बदलामा हेज्बुल्लाहले इजरायलमा आक्रमण गर्ने छैन।’

‘बृहत् सम्झौता’का लागि दुई देश यही जुन २२ मा थप वार्तामा बस्नेछन्। 

हेज्बुल्लाहले भने यस विषयमा अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad