ग्लोबल


बुर्किना फासोका राष्ट्रपति रोच काबोरलाई विद्रोही सैनिकले बन्धक बनाए

बुर्किना फासोका राष्ट्रपति रोच काबोरलाई विद्रोही सैनिकले बन्धक बनाए

नेपालखबर
माघ १०, २०७८ सोमबार १६:५७, काठमाडौँ

बुर्किना फासोका राष्ट्रपति रोच काबोरलाई विद्रोही सैनिकहरुले बन्धक बनाएका छन्। 

आइतवार रातभरि राष्ट्रपतिको आवास परिसरमा भएको भिडन्तपछि विद्रोही सैनिकहरुले राष्ट्रपति काबोरलाई बन्धक बनाएका हुन्। 

उनलाई बन्धक बनाउनुअघि आइतवार रातभरि पश्चिम अफ्रिकी देशको सैन्य शिविरहरूमा लगातार भिडन्त भएको थियो। 

त्यहाँका केही सेनाहरुले इस्लामिक लडाकुहरुलाई समर्थन दिएका थिए। तर सरकारले सेनाले सत्ता कब्जा गरेको कुरा अस्वीकार गरेको थियो।

सेनाका अधिकारीहरुले त्यहाँका जनतालाई स्थिति नियन्त्रणमै रहेको भन्दै आश्वस्त रहन भनेका थिए। 

आइतवारै विद्रोहीहरुको समर्थन गरिरहेका सरकार विरोधी प्रदर्शनकारीहरूले काबोरेको पार्टीको एक भवनमा आगो लगाइदिएका थिए। 

आइतवार रातभर राष्ट्रपति निवासमा भिडन्तसँगै हेलिकोप्टरको आवाज पनि सुनिएको थियो। 

देशमा इस्लामिक चरमपन्थीसँग जुध्ने उपाय खोजिँदै गर्दा केही सातादेखि बढेको असन्तोषबीच काबोरेको राजीनामा माग्दै हजारौँले सडकमा निस्केर आइतवार प्रदर्शन गरेका थिए। 

सरकार विरोधी प्रदर्शनकारीहरूले विद्रोही सैनिकलाई सार्वजनिक समर्थन दिएका थिए। यस्तोमा आइतवार भएको प्रदर्शनका क्रममा भिड नियन्त्रण गर्न सुरक्षा बलले अश्रु ग्यास हानेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad