ad ad

ग्लोबल


गोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल

गोली लागी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे ढलेको भिडिओ भाइरल

नेपालखबर
असार २४, २०७९ शुक्रबार १०:१, काठमाडौँ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला आक्रमण भएको छ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ।

जापानी सञ्चारमाध्यमका अनुसार आबे घाइते अवस्थामा अचेत छन्।

शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले उनलाई पछाडिबाट गोली हानिएको जनाएको छ। 

गोली लागेर गम्भीर घाइते शिन्जो आबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ। 

एनएचकेको रिपोर्टअनुसार गोली लागेपछि रगत बगेको थियो। गोली लागेपछि शिन्जो आबेलाई हृदयाघात भएको पनि चर्चा छ। 

जापानमा आगामी आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदै छ।

त्यही चुनावको प्रचारका क्रममा पूर्वप्रधानमन्त्री आबे नारा सहरमा आयोजित सभामा भाषण गरिरहेका थिए।

आक्रमणपछि घटनास्थलका केही भिडिओ पनि भाइरल भएका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .